१६ चैत्र २०८०, शुक्रबार

कृषि औजार कारखाना पुनः सञ्चालनका लागि सरकार र राष्ट्रिय आविष्कार केन्द्र बिच सम्झौता

प्रकाशित मिति :  27 September, 2022 7:19 pm


काठमाडौं । वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्र बिच सम्झौता भएको छ ।

आर्थिक वर्ष २०७९।०८० को बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापनको मूल नीति अनुसार हाल बन्द रहेको कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

३१ भदौ २०७९ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज सम्झौतामा हस्ताक्षर भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !