१६ चैत्र २०८०, शुक्रबार

कोरोना प्रतिरोधी सामग्रीमा चीनकै भरः फ्रान्स र अमेरिकाबीच मास्क किन्न तछाडमछाड

प्रकाशित मिति :  2 April, 2020 11:36 am


काठमाडौं, २० चैत ।

कोरोना (कोभिड १९) संक्रमणले विश्वव्यापी रुप लिन थालेपछि मास्क र स्यानिटाइजर लगाएत प्रतिरक्षा तथा उपचारमा प्रयोग हुने सामग्रीको आपूर्तिमा चाप बढेको छ । यस्ता साम्रगीमा कोरोना नियन्त्रण गरिसकेको चीनमा नै विश्वका मुलुकहरु भर परिरहेको देखिन्छ ।

माक्स लगाएतका सामग्रीको माग यति बढेको छ की अमेरिका र फ्रान्सबीच चीनिया मास्क कस्ले पहिलो लिने भन्नेमा तछाडमछाड नै पर्यो । समाचार एजेन्सीहरुले जनाए अनुसार फ्रान्सका लागि भनेर जहाजमा लोड गरिसकेको माक्स समेत अमेरिकाले किनेर लगेको हो ।

फ्रान्सको दैनिक अखबार लिब्रेशनले जनाए अमेरिकीहरूले सामान नहेरी दोब्बर नगद भुक्तानी गर्ने गरेको उल्लेख गरेको छ । माक्स खरिदसम्बन्धि आन्तरिक कानूनी प्रक्रिया मिलाउने क्रममै रहँदाकै अवस्थामा अमेरिकाले फ्रान्सका लागि लोड गरी राखेको मास्क किनेको फ्रान्सको दक्षिणपूर्वी प्रान्त अल्प्स कोटे डे अजुर क्षेत्रका प्रमुख रेनाउ मुसेलिअरले खुलाएका छन् ।

सुरक्षा उपकरणको अभाव हुन नदिन फ्रान्सले आवश्यक चीनबाट मास्क खरिद प्रक्रिया अगाडि बढाएको हो थियो । “मास्कहरू उत्पादन भइआएका छन् र अहिले चीनमा छन्,” उनले भनेका छन्, “तर आपूर्तिमा केही समस्या आएको छ, अब त्यो सामान अर्को साता फ्रान्स ल्याइनेछन् ।”

फ्रान्समा संक्रमितको ५७ हजार ८ सय बढी संक्रमित रहेका छन् । अमेरिकामा २ लाख १६ हजार भन्दा बढी संक्रमित पुगेका छन् ।

र, याे पनि

अमेरीकामा कोरोनाको संक्रमण भयावह बन्दै, २ लाख भन्दा धेरै संक्रमित, ४७ सयको मृत्यु



प्रतिक्रिया दिनुहोस !