७ बैशाख २०८१, शुक्रबार

फागुन मसान्तसम्म सरकारी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

प्रकाशित मिति :  25 November, 2022 5:36 pm


काठमाडौं । देशभरका सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले सूचना जारी गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको हो । “उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र अपराधीकरण नियन्त्रण हुने देखिन्छ । मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को क्र.सं. १४ अनुसार यस्तो निर्णय गरेको हो,’’ सूचनामा भनिएको छ ।

सूचना अनुसार नजिकको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था विभाग मिनभवनमा गई राजस्व बुझाएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !