मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
प्रकाशित मिति : 5 December, 2022 1:57 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2021/03/dividends.jpg?fit=1360%2C765&ssl=1)
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आज मंसिर १९ गते सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र ७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।