तोलामा ६०० रुपैयाँ घट्यो सुन
प्रकाशित मिति : 6 December, 2022 11:55 am

काठमाडौं । आज मंगलबार सुनचाँदी बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार ४०० रुपैयाँले बढेर एक लाख नजिक पुगेको छापावाला सुनको मूल्य आज मंगलबार ६०० रुपैयाँले घटेर तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ ।
यता चाँदीको मूल्य पनि ह्रातै घटेको छ । मंगलबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १३५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ९९ हजार ९०० र चाँदी १३८५ रुपैयाँमा कारोबार भएको थियो ।