५ जेष्ठ २०८१, शनिबार

नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने

प्रकाशित मिति :  9 December, 2022 1:09 pm


काठमाडौं । नबिल बैंकले बिवाइडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण दिने भएको छ। बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र नबिल बैंकबिच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कम्पनीका अनुसार कर्जामा १२।९९ प्रतिशत व्याजदर लाग्ने उल्लेख गरिएको छ । कारको मूल्यको २० प्रतिशत रकम डाउनपेमेन्ट वापत भुक्तानी गर्दा बाँकी हुन आउने ८० प्रतिशतलाई ग्राहकले व्याजसहित ७ वर्षभित्र भुक्तानी गरिसक्नुपर्ने छ ।

नविल बैंकले यसअघि टाटा र हुन्डाइका विद्युतीय कारको खरिदमा समेत सोही व्याजदरमा लोन दिने सम्झौता गरिसकेको छ । विद्युतीय कारलाई राज्यस्तरबाटै प्रवर्द्धन गर्ने अभियान अनुरूप राष्ट्र बैंकले यस्ता गाडीको खरिदमा बैंकहरूले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने नीति लिएको छ ।



प्रतिक्रिया दिनुहोस !