१२ श्रावण २०८१, शनिबार

आयात खुलेपनि सरकारको नितिविरुद्ध विराटनगरका अटो व्यवसायी आन्दोलित

प्रकाशित मिति :  12 December, 2022 1:43 pm


काठमाडौं । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनले विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेको छ ।

नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं १ ले नेपाल राष्ट्र बैंकले जारी गरेकाे नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेको छ ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं १ का अध्यक्ष संजय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त विरोध प्रदर्शनमा विराटनगर क्षेत्र लगायत प्रदेश १ मा संचालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो ।

अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो व्यानर र प्लेकार्ड बोकेर विराटनगरको महेन्द्रचोकमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

मुलुकको मुख्य आर्थिक क्षेत्र उद्योगधन्दा र व्यवसाय नै धरासायी बनेको बेलामा बैकिङ क्षेत्र भने अर्बौको नाफामा रहनु दुर्भाग्यपूर्ण रहेकाे ब्यापारीहरूले बताएका छन्।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले ‘मौद्रिक नीति परिमार्जन गर, चालू पूँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ, जसले कर तिरेको छ उसलाई पेल्ने र हेप्ने ?, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर, बैंकहरुले गरेको बदमासीको सजाय व्यापारीलाई किन ?, लेखिएको प्लेकार्डहरु बोकेर नाराबाजी गरेका छन् ।

कार जीप र भ्यान जस्ता नीति प्रयोजनका सवारी साधनहरुको आयात खुला भए पनि एल.सी खोली ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने माग पनि गरेका छन् ।

सवारी साधन आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनानसिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनु पर्ने र ८० प्रतिशत फाइनान्सिङ बनाउनुपर्ने जस्ता माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !