हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने ब्याट्री चेकअप क्याम्प सुरु
काठमाडौं। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘बी द चेञ्ज’ अभियान अन्तर्गत पाँच दिने हुन्डाई इभी हाइ(भोल्टेज ब्याट्री चेकअप क्याम्प) आयोजना सुरु गरेको छ।
सो क्याम्प मंसिर २६ देखि प्रारम्भ भएको छ र पुस १ गतेसम्म चल्ने छ । यसबाट खासगरी ३०० को संख्यामा रहेका कोना र आयोनिक इभीका गाडीका प्रयोगकर्ताले सुविधा उपयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
आफ्ना गाडीको प्राविधिक अवस्था र ब्याट्रीको स्वास्थ्य अवस्थाबारे सवारीधनी र कम्पनीलाई नजिक ल्याउन क्याम्प आयोजना गरिएको हो। तालिमप्राप्त प्राविधिकले सवारीको परीक्षण गर्नेछन्।
ब्याट्री जोगाउन क्याम्पमा विभिन्न उपायहरु सवारीधनीलाई जानकारी गराइनेछ। यसमा सफ्टवेयर, ह्युमनवेर र हार्डवेरको तयारीस्वरुप क्याम्प आयोजना गरिएको हो। हप्ता दिन लामो क्याम्प थापाथलीस्थित हुन्डाईको इभी शोरुममा आयोजना हुनेछ।
हुन्डाईले देशैभर ४० चार्जिङ स्टेशन स्थापना गरेको छ। कम्पनीले १७ वटै शोरुममा चार्जिङको व्यवस्था गरेकाे छ। कम्पनीले सन् २०१९ मा कोना विद्युतीय कार ल्याएको थियो भने १ वर्षअघि आयोनिक ५ पनि ल्याएको हो।








