१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य तोलाको एक लाख

प्रकाशित मिति :  13 December, 2022 11:59 am


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो ।

सोमबार छापावल सुन प्रतितोला १ लाख २०० रुपैयाँ रहेको थियो । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी तोलाकाे १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !