१२ श्रावण २०८१, शनिबार

टाटा मोटर्सले सुरु गर्यो ‘इन्जिन केयर क्याम्प’

प्रकाशित मिति :  13 December, 2022 12:05 pm


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले ‘इन्जिन केयर क्याम्प’ सञ्चालन गरेको छ ।

सिप्रदी टाटा मोटर्सको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा सम्भार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले क्येर क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्स कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले सोमबार एक समारोहका बीच उक्त क्याम्पको शुभारम्भ गरेको हो ।

क्याम्पमा गाडीका ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टसमा १५ प्रतिशतदेखि तोकिएका पार्टसहरुमा ५० प्रतिशतसम्मको छुट, ल्युब्रिकेन्टमा २० प्रतिशत छुट, लेबर चार्जमा २५ प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नुपर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा समेत प्रदान गरिने कम्पनीले बताएकाे छ ।

कम्पनीका अनुसार सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा १५ पुससम्म उक्त क्याम्प सञचालनमा रहने छ ।



प्रतिक्रिया दिनुहोस !