१० फाल्गुन २०८०, बिहिबार

सेञ्चुरी बैंकका ग्राहकलाई काठमाण्डौं क्यान्सर सेन्टरका सेवाहरुमा विशेष छुट

प्रकाशित मिति :  16 December, 2022 3:56 pm


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्डौं क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !