६ कार्तिक २०८१, मंगलबार

कोभिड १९ विरूद्धकाे लडाइमा चीनकाे सफलताः भाइरस नियन्त्रणसँगै मेडिकल निर्यातले अर्थतन्त्र उकास्दै

प्रकाशित मिति :  6 April, 2020 9:56 am


चिनियाँ राष्ट्रपति सी चिनफिङ काेराेना नियन्त्रणमा खटिने चिकित्सक तथा कर्मचारीकाे आत्मबल बढाउन तथा राष्ट्रिय अन्तराष्ट्रिय समन्वयमा प्रत्यक्ष सहभागी हुने गरेका छन् । तस्वीरः सिन्हवा

काठमाडाैं, २४ चैत । 

दुई सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना (कोभिड १९) को नियन्त्रणमा भाइरसको उद्गम थलो चीनले भने भाइरस नियन्त्रणसँगै दोहोरो लाभ लिन थालेकाे छ ।

कोरोनाका कारण खलबलिएको अर्थतन्त्रलाई कोरोना नियन्त्रण सामग्री वेचेर उकास्ने गतिमा चीन अगाडि बढेको देखिन्छ ।

लाभकाे वातावरण बनाउन चीनले अर्बाैं खर्चेकाे छ भने चिनकाे हुवेइ प्रान्तमा मात्र तीन हजारले ज्यान गुमाएका छन् ।

७७ हजार भन्दा बढी चिनीयाँ काेभिड १९ काे संक्रमणबाट उपचार गरेर फर्केका छन् भने संक्रमितकाे संख्या ८२ हजार ६ सय अझै छ । काेराेना नियन्त्रणका लागि चिनीयाँ राष्ट्रपति सी चिनफिङ आफै पनि फिल्डमै खटेर काम गरेका छन्। 

सतर्कता अपनाउदा हाल भाइरस चीनले काेराेना नियन्त्रणमा लिएको छ भने विश्वभर अर्वाैंकाे मेडिकल सामग्री निर्यात गरिरहेको छ ।

सुरुमै भाइसरको कहरमा परेको चीनले यसको नियन्त्रणसँगै विश्वभर मास्क, करोडौं सुरक्षा किट, तापक्रम पत्ता लगाउने इन्फ्रारेड टेम्परेचर डिटेक्टर र भेन्टिलेटर लगायतका सामग्री निर्यातमा व्यस्त हुन थालेको हाे ।

मार्च १ देखि अप्रिल ४ सम्म करिव एक महिनामा चीनले अर्बौंको सामग्री निर्यात गरिसकेको छ । गत शतिबार ५४ देश र ३ अन्तर्राष्ट्रिय संघसंस्थाले वेइजिङमा चिकित्सा सम्बन्धी सामानको आपूर्ति गर्ने विषयमा खरिद सम्झौता गरेकाे समाचार एजेन्सीहरूमा खबर छ ।

युरोप र अमेरिका लगायतका देशमा कोरोनाभाइरससँग लड्न आवश्यक चिकित्सासम्बन्धी सामानको अभाव हुन थालेको छ । केही दिनअघि अमेरिकाले फ्रान्सको लागि भनेर ठिक्क पारिएका सामग्री बढी मूल्यम किनेको खबर पनि आएको थियो ।

चीनले पठाएका सामग्रीबारे कतिपय मुलुकले कमसल भएको गुनासो पनि गरका थिए । चीनको वाणिज्य मन्त्रालयले सामानको निर्यातमा सहजीकरण गरिहेको जनाइएको छ ।

तर, कमसल समान निर्यात गरिएको पाइए सम्बन्धित पक्षलाई कडा दण्ड दिइने चेतावनी दिएको छ ।

चीनको वुहानमा नियन्त्रणमा लिइएको कोरोनाभाइरसले युरोप र अमेरिका लगायतका देशमा आगो जस्तो फैलिदै जाँदा संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । यो भाइरसबाट मर्नेको संख्या ६५ हजार जति पुगेको छ ।

अमेरिकामा संक्रमितको संख्या ३ लाख पुगेको छ भने मर्नेको संख्या ८ हजार ५ सय नाघेको छ । नेपालमा भने हालसम्म मृत्युको घटना आएको छैन भने संक्रमित संख्या ९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !