२० मंसिर २०८२, शनिबार

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  28 December, 2022 12:33 pm


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हिजो पुस १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको कूल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !