२५ बैशाख २०८१, मंगलबार

मुलुकभर जाडो बढ्यो : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात,

प्रकाशित मिति :  29 December, 2022 7:40 am


समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौं । देशभर दिनानुदिन चिसो बढ्दै गइरहेको छ । बुधबार ३.४ डिग्री तपाक्रम मापन गरिएको काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ३.१ डिग्रीमा झरेको छ । अधिकतम तापक्रम पनि १७ डिग्रीमा झरेको छ।

यस्तै जुम्लामा माइनस ६ रहेको तापक्रम जोमसोममा माइनस ६ डिग्री तथा जिरीमा माइनस २.६ डिग्री सेल्सियस रहेको छ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमाली क्षेत्रमा हिमपात र तराईका क्षेत्रमा कुहिरो लागेको हो।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक \ दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !