२० मंसिर २०८२, शनिबार

मर्जर सम्झौतासँगै स्वरोजगार र समता लघुवित्तको सेयर कारोबार रोक्का

प्रकाशित मिति :  3 January, 2023 3:45 pm


काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ ।

यो सँगै धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ३ र ७ मा भएको व्यवस्था बमोजिम दुवै संस्थाको आधारभूत शेयरधनीहरुको सेयर कारोबार रोक्का राखिएको छ ।

यी दुई संस्थाबीच हिजो ९पौष १८ गते, सोमबार० मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको स्वरोजगार लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव मनोज कृष्ण उप्रेतीले जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं। ५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं। ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने गाभिने (मर्जर) उद्देश्य राखी प्रारम्भिक समझदारीपत्र ९ःइग्० मा हिजो हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस !