आइपीओ निष्काशन गर्न आत्मनिर्भर लघुवित्तले पायो बोर्डको अनुमति
प्रकाशित मिति : 6 January, 2023 1:40 pm
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
संस्थाले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस १७ गते आइतबार २ करोड बढि कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।
संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई नियुक्त गरेको छ ।








