२० मंसिर २०८२, शनिबार

नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचिकृत

प्रकाशित मिति :  6 January, 2023 2:10 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार शुक्रबार बैंकको ६ प्रतिशत बोनस बापतको ६३ लाख ७४ हजार ३ सय ९६ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको मङ्सिर २३ गते शुक्रबार सम्पन्न भएको २८औँ वार्षिक साधारण सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर) समेत गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !