नेपाल आइसक्रिम उद्योग व्यवसाय संघको अध्यक्षमा श्रेष्ठ
प्रकाशित मिति : 9 January, 2023 4:14 pm
काठमाडौँ । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ । संघले आज (आइतबार) सम्पन्र गरेको प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका हुन् ।
नवगठित समितिको उपाध्यक्षमा अरनिको राजभण्डारी, कोषाध्यक्षमा कुलप्रसाद घिमिरे र सचिवमा प्रशान्त घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यमा विकल कर्माचार्य, भूपेन्द्र शाक्य, अभिषेकभक्त प्रधानाङ्ग, रूपक लुइटेल र सरोज श्रेष्ठ रहेका छन् ।








