२० मंसिर २०८२, शनिबार

टेलजीको विद्युतीय ‘लायन स्कुटर’ नेपाली बजारमा सार्वजनिक

प्रकाशित मिति :  19 January, 2023 1:59 pm


काठमाडौँ । टेलजी नेपालले हालै नयाँ मोडलको स्कुटर नेपाली बजारमा ल्याएको छ । नेपालस्थित टेलजीको आधिकारिक बिक्रेता योमामा इमोटर्स प्रालिले यही महिनादेखि विशेषतासहितको ‘लायन’ मोडलको विद्युतीय स्कुटर बिक्री सुरू गरेको हो ।

नयाँ मोडल स्कुटरको बजार मूल्य तीन लाख ३० हजार रुपैयाँ तोकिएको छ । नयाँ लायनमा तीन हजार साइकलसहितको लिथियम आयन फोस्फेट ब्याट्री रहेको छ । यसअघिको लायन मोडलमा एलइडी एसिड ब्याट्री प्याक रहेकाे कम्पनीले जनाएकाे छ ।

नयाँ मोडलको स्कुटरमा जडित ब्याट्रीमा कम्पनीले दुई वर्षको वारेन्टी दिएको छ । त्यस्तै स्कुटरमा टप स्पिड ६० किलोमिटर प्रतिघण्टा, एकपटकको चार्जमा एक सय ६० किलोमिटर माइलेज, मोटरमा एक वर्ष ग्यारेन्टी, दुई वर्ष निःशुल्क ब्याट्री मर्मतलगायतका सुविधा रहेकाे कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !