१५ चैत्र २०८०, बिहिबार

स्वास्थ्यमा सुधार भएपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  20 January, 2023 5:49 pm


फाइल फाेटाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ।

एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा पुगेका पुनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका थियो ।

उनी वंशाणुगत जण्डिसबाट पीडित छन् । उनी केही समय अगाडिमात्रै चीनकमा उपचार गरेर नेपाल फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस !