२० मंसिर २०८२, शनिबार

भेरी अस्पतालमा अबदेखि दैखिक १८ जनाको डायलाइसिस हुने

प्रकाशित मिति :  22 January, 2023 5:48 pm


काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा अब तिन सिफ्टमा डायलाइसिस हुने भएको छ । यस अघि दुई सिफ्टमा ६ जनाको डायलाइसिस गर्न सकिने क्षमतालाई वृद्धि गरेर अब दैनिक ३ सिफ्टमा १८ जनाको डायलाइसिस गर्ने गरि क्षमता वृद्धि गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उक्त डायलाइसिस कक्षको उद्घाटन गरे । यसअघि ३ वटा मेसिनबाट ६ जनालाई दैनिक डायलसिस सेवा दिँदै आएको अस्पतालले अबदेखि ६ सिफ्टमा १८ जनालाई डायलसिस सेवा दिने सक्ने अस्पतालले जनाएको छ ।

त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !