लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संसोधन, बोनस सेयर कति ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।
नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गर्दै ७.३५ प्रतिशत लाभांश घोषणा दिने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १० गते) बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गर्दै अब चुक्तापुँजीको कुल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।३६७९ नगद लाभांश छन्।
यसअघि गत पुस १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्दै स्वीकृतिका लागि बीमा प्राधिकरण पठाएपनि प्राधिकरणले लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो ।
अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।








