२० मंसिर २०८२, शनिबार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  26 January, 2023 2:04 pm


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट आफ्ना सेयरधनीलाई २१.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको हिजो माघ ११ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस !