सबैको लघुवित्तले गर्यो १८ प्रतिशत लाभांश घोषणा
प्रकाशित मिति : 26 January, 2023 2:46 pm
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट आफ्ना सेयरधनीलाई १८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
हिजो माघ ११ गते, बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।








