६ चैत्र २०८०, मंगलबार

माघ २२ गतेदेखि आइपीओ निष्काशन गर्दै बिपिडब्लु लघुवित्त

प्रकाशित मिति :  27 January, 2023 1:26 pm


काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही माघ २२ गते देखि दुई चरणमा आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले कुल चुक्ता पुँजीको ३२ प्रतिशत बराबरको आइपीओ सर्वसाधारणको लागि निष्काशन तथा बिक्री गर्ने भएको हो ।

माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि र फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको कम्पनीले जनाएको छ ।

लघुवित्तले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सोमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गर्न लागेको हो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !