१३ बैशाख २०८१, बिहिबार

नेप्सेमा १५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति :  31 January, 2023 4:00 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि घटेको छ । राजनीतिक अस्थिरताले गर्दा लगानीकर्ताको मनोबल घट्दै गएको बजारका जानकारहरू बताउँछन् ।

पछिल्लो केही दिन राजनीतिक घटनाक्रममा आएको वदलाव र पुनः सरकार परिर्वतन हुने हल्ला र लाभांश घोषणाको सिजन भएको हुनाले पनि बजार प्रभावित बनेको उनिहरूको भनाइ छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ अंकमा झरेको छ । नेप्से ०.७४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३८ अंकले घटेर ४००.६० अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावरबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । हाइड्रो समूह ०।०२ प्रतिशतले बढेको हो ।
मंगलबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १९ करोड २० लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ ।

कूल २५९ वटा कम्पनीको ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !