१४ बैशाख २०८१, शुक्रबार

नेप्सेमा ७३ लाख कित्ता बढि बोनस सेयर सूचिकृत

प्रकाशित मिति :  31 January, 2023 5:25 pm


काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

मंगलबार साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ प्रतिशत बोनस बापतको ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

बैंकको पौष ७ गते सम्पन्न भएको ३६औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !