आदर्श लघुवित्तको लाभांश घोषणा
प्रकाशित मिति : 2 February, 2023 12:50 pm
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
संस्थाको हिजो माघ १८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १।०५ प्रतिशत नगद लाभांश गरी कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।








