समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?
प्रकाशित मिति : 5 February, 2023 12:42 pm
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने घोष
संस्थाको हिजो माघ २० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।








