२० मंसिर २०८२, शनिबार

झिनो अंकले बढ्यो नेप्से, नेपाल लाईफको सर्वाधिक कारोबार

प्रकाशित मिति :  5 February, 2023 3:39 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबार उतारचढावका बीच नेप्से परिसूचक १ अंकले बढ्दा कारोबार रकम २ अर्ब पनि पुग्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १.८९ अंकले बढेर ४००.२६ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ५ वटा उपसमूहको सेयर घटेको हो ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड ४४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ ।

कूल २५८ वटा कम्पनीको ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !