२० मंसिर २०८२, शनिबार

दोहोरो नागरिकता शंका भएमा मिडियामा जाने कि अदालत : अध्यक्ष हमाल

प्रकाशित मिति :  6 February, 2023 6:19 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो मातृभूमिको सौदा नगर्ने बताएका छन् । मंगलबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष हमालले आफ्नो व्यक्तिगत विकासको लागि विदेशमा बसेको बताएका छन् ।
मेरो कार्यकालमा मबाट भएका गल्ती तथा कमिकमजोरी कसैले देखाउनु भयो भने मलाई टुडिखेलामा झुडाउँदा हुन्छ । हमालले भने, “मेरो चरित्र हत्या गर्ने नाममा कुन देशको नागरिता लिएको छ समेत नखुलालाई प्रमाणविना आरोप लगाउन मिल्छ ? कानुनी राज्यमा कानुनले न्याय गर्छ अरूले गर्ने होइन । हामीसँग गल्ती भएको छ भने त्यसको अनुसन्धान गर्नुपर्यो ।
अध्यक्ष हमालले भने ‘नागरिकताको कुरामा यहाँहरू ढुक्क हुनुहोस् । सर्वच्च अदालतले भनेकै छ दोहोरो नागरिकता लिन मिल्दैन दुईवटा पार्सर्पोट लिन मिल्दैन भन्रे कुरा जगजायर रहेको छ । त्यसकारण मेरो दोहोरो नागरिकता कहीँ पनि शंका छ भने पत्रिकामा जाने हो कि अदालतमा जाने हो ? अदालतले टुङ्गो लागउँछ ।”

आफ्नो व्यक्तिगत विकास र परिवारलाई सुखमय जिन्दागी दिनको लागि विदेशमा बसेको हमालको भनाइ छ । मेरो छोरो थाइल्याण्डमा जन्मेको हो, उसको पनि नेपाली नागरिता रहेको छ । म आफ्नो मातृभूमिको सौदा गर्दिन । म दोहोरो नागरिता लिन अरू देशमा बसेको होइन । म कुनै दास बनेर नागरिकता लिएर बस्न पर्दैन । मैले आफ्नो आमालाई परिवर्तन गर्नुपर्दैन । मातृभूमि पनि आमा हो ।

साथै उनले विदेशमा आफू बसिन्जेल कसरी बस्ने भन्ने कुराको बन्दोबस्त मिलाउने काम कार्यरत संस्थाको जिम्मेवारी रहेको बताए ।
विदेशमा बस्दा यूएनमा,दुईपटक एनआरएनको नेतृत्वमा थाइल्याण्डमा नेपाल चेम्बर अफ कमर्शको उपप्रमुख भएर काम गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !