अभियान लघुवित्तद्वारा ग्रामीण भेगका महिलालार्ई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान
सप्तरी । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई विभिन्न तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । लघुवित्तले सप्तरीको रुपनी नगरपालिका वडा नम्बर १ को सभाहलमा उक्त क्षेत्रका महिलालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको हो ।
अभियान लघुवित्तको रुपनी शाखाको आयोजनामा सोमबार ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको लघुवित्तले जानकारी दिएको छ ।

तालिममा कर्जा तथा सञ्चालन विभाग प्रमुख चन्दन कुमार सरदार, जनशक्ति विभाग प्रमुख योगेन्द्र प्रसाई, अनुगमन विभाग प्रमुख टोपबहादुर थापा तथा शाखा प्रमुख रामेश्वर चौधरीले वित्तीय साक्षरताका बारेमा स्थानीय सदस्य महिलाहरूलाई प्रशिक्षण दिएका थिए ।
“यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउनुका साथ भएको आम्दानीबाट कसरी बचत गर्ने जस्ता कुराहरू सिक्न पाउछन्,” लघुवित्तका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारीले भने, “यस्ता तालिमबाट महिला उद्यमी बन्न प्रोत्साहनसँगै बचत गर्न सिकाउने प्रमुख उद्देश्य हो ।”









