२० मंसिर २०८२, शनिबार

आशा लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  7 February, 2023 11:53 am


काठमाडौं । आशा लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीले गत वर्षको संचित मुनाफाबाट आफ्ना सेयधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ३३ करोड ३९ लाख १४ हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस !