२० मंसिर २०८२, शनिबार

६ देखि ८ हप्ताभित्र एसएमई प्लेटफर्म संचालनमा आउने

प्रकाशित मिति :  7 February, 2023 1:08 pm


काठमाडौं । साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने एसएमई प्लेटफर्म छिट्टै संचालनमा आउने भएको छ ।

ललितपुरको ग्वार्कोमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने एसएमई प्लेटफर्म अबको ८ साताभित्र ल्याइने बताएका हुन्।

एसएमई प्लेटफर्म आएपछि पुँजीबजारमा सुनौलो युग सुरु हुन्छ भन्दै यसलाई चाँडो ल्याउनको लागि बोर्डले आन्तरिक तयारी गरिरहेको अध्यक्ष हमालले बताए ।

अबको ६ सातादेखि ८ साताभित्र एसएमई प्लेटफर्म ल्याउँछौं हमालले भने एसएमई प्लेटफर्मको लागि आवश्यक नियामवली तयार पार्ने काम ९५ प्रतिशत सकिएको छ साथै यसमा सञ्चालक समितिले काम गरिरहेको छ।’

अब उक्त निमायवली तयार पारी छिट्टै सेबोनको बोर्ड बैठकबाट स्वीकृत गरी अनुमोदन गर्ने मन्त्रिपरिषदमा पठाउने अध्यक्ष हमालले बताए।



प्रतिक्रिया दिनुहोस !