२० मंसिर २०८२, शनिबार

सेगवे– नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर एन १०० नेपाली बजारमा सार्वजनिक

प्रकाशित मिति :  10 February, 2023 4:25 pm


काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आइ। हब प्रालि ले एन सिरिज अन्तर्गतको नयाँ ई -स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले ललितपुरमा रहेको आफ्नो शोरुममा सेगवे नाइनबटको नयाँ हाई पावर ई स्कुटर एन १०० नेपाली बजारमा सार्वजनिक गरेको हो । विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा १०५ किमीसम्म कुद्ने सेगवे एन १०० मा अधिकतम २२०० वाट बोस इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७२ भोल्ट र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सक्ने कम्पनीले जनाएको छ ।

सेगवे एन १०० को नेपाली मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ भने यो स्कुटर कालो, निलो र सेतो रङ्गमा उपल्बध रहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !