२० मंसिर २०८२, शनिबार

दाङ खाना पकाउने ग्यास पड्किदा दुई जना घाइते

प्रकाशित मिति :  16 February, 2023 3:23 pm


सांकेतिक फाेटाे

काठमाडौं । खाना पकाउने ग्यास पड्किदा दाङमा दुई जना घाइते भएका छन् ।

बिहीबार (आज) विहान तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा दुईजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त घटनामा पनि तुलसीपुर उपमहानगरपालिका –१६ की ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर– १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !