२० मंसिर २०८२, शनिबार

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध व्यवसायीहरुको प्रदर्शन

प्रकाशित मिति :  17 February, 2023 2:20 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुको आयोजनामा आज(शुक्रबार) बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतघरमा प्रदर्शन गरेका छन्।

चर्को व्‍याजदरका कारण व्यापार व्यवसाय चलाउन मुस्किल भएको साथै बैंक तथा वित्तीय संस्थाहरुले आफूहरुलाई ज्याजती गरेको आरोप लगाएका छन् ।

जुलुसमा सहभागीले बैंकको ब्याजदर एकल अंकमा सीमित गरिनुपर्ने, सहुलियत कर्जाको सीमा बढाउनुपर्ने, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत कायम गर्नुपर्ने, उद्योगी व्यवसायीलाई आत्महत्या गर्ने बाध्यताको अन्त लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सांकेतिक आन्दोलन गरिरहेका हुन् ।



प्रतिक्रिया दिनुहोस !