२० मंसिर २०८२, शनिबार

पोखराको लेखनाथमा माइक्रो बस दुर्घटना हुँदा ४० जना घाइते

प्रकाशित मिति :  19 February, 2023 4:06 pm


पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ मा लेखनाथ माइक्रो बस दुर्घटना भएको छ । बसमा सवार ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७ नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय डाँडाको नाक प्रहरी चौकी नजिकै गाडी खोल्सामा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

दुर्घटनामा पोखरा विश्वविद्यालयका विद्यार्थीहरु परेको जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !