२० मंसिर २०८२, शनिबार

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  20 February, 2023 11:58 am


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

संस्थाको फागुन ६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संस्थाले यसअघि आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।६८ प्रतिशत नगद गरी कुल ७३।६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !