८ बैशाख २०८१, शनिबार

ब्युटिसियन संघ दाङको अध्यक्षमा प्रधान, यस्तो छ नयाँ कार्यसमिति

प्रकाशित मिति :  23 February, 2023 7:14 am


घाेराही । नेपाल व्यटिसियन संघको दाङ शाखाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेसनले सुलोचना प्रधानको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सीता अधिकारी, सचिवमा ञाङ्सु गिरी, सह सचिवमा संगीता शर्मा, कोषाध्यक्षमा शुधा हमाल र सहकोषाध्यक्षमा बबी पुन रहेका छन् ।

नवनिर्वाचित सदस्यहरुमा शर्मीला केसी (घोराही), सरिता बीडारी (लमही), गरिमा चौधरी (लमही), धना डाँगी (नारायणपुर), शलीना राजभण्डारी (लुलसीपुर), कविता गुरुङ (भालुवाङ) र उमा खत्री (विजौरी) छन् । जिल्ला संघ अन्तर्गत पालिका स्तरिय कमिटिसमेत गठन गरेकाे छ ।

मुना पाण्डेको अध्यक्षतामा संघको घोराही उपमहागरस्तरिय कमिटी गठन भएको छ । नगरको उपाध्यक्षमा विजया पाण्डे, सचिवमा मुना पछाई, सहसचिवमा माया न्यौपाने, कोषध्यक्षमा आविदा सिद्धिकी रहेका छन् । सदस्यहरुमा सोभा गौतम, अनिता गिरी, रितु दसौदी, पवित्रा खनाल र ज्ञानमायाला जिएम चयन भएका छन् । त्यसैगरी लमही नगरअध्यक्षमा ख्रिष्टा जिएम, त्रिपुरा नगरअध्यक्षमा माया रावत लगायत छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संघी राष्ट्रिय उपाध्यक्ष शान्ति शर्माले व्युटिसियनको क्षमता अभिवृद्धिका लागि संघले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । लुम्बिनीसञ्चारसँग कुराकानी गर्दै नवनियुक्त अध्यक्ष प्रधानले दाङ जिल्लामा रहेका व्युटिसियनलाई व्यवसायिक सिप विकास तथा यस क्षेत्रका समस्या समाधानका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !