२० मंसिर २०८२, शनिबार

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

प्रकाशित मिति :  23 February, 2023 2:17 pm


काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइसक्नुभएका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए।

विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस !