२२ मंसिर २०८२, सोमबार

‘च्याउ उम्रेसरी सहकारी स्थापना गर्दा समस्या आयो’

प्रकाशित मिति :  26 February, 2023 4:08 pm


काठमाडौँ । च्याउ उम्रेसरी सहकारी संस्थाहरू स्थापना गर्न दिदाँ यस्ता समस्या आएको नेपाल राष्ट्र बैंकका संचालक समिति अध्यक्ष चिन्तामणि शिवाकोटीले बताए ।

आइतबार भएको ‘सहकारीमा संकट : कारण र समाधान विषयक’ अन्तक्रिया कार्यक्रममा अध्यक्ष शिवाकोटीले धेरै सहकारी संस्थाहरू स्थापना गर्ने इजाजत दिँदा सहकारी संस्थाहरू समस्याको चपेटामा परेको बताएका हुन् ।

उत्पादन बढाउनु पर्ने, सदस्यहरूको आर्थिक कारोबारलाई बढावा दिनु पर्ने, रोजगारी दिनुपर्ने र मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने भनेर सहकारी खाेलिएको भए पनि उनले सहकारी संस्थाहरू कसरी चाँडो पैसा कमाउने, घरजग्गामा लगानी गर्नेतर्फ लाग्दा अहिले समस्या देखिएको शिवाकोटीको भनाइ छ ।

शिवाकोटीले सहकारी संस्थाहरू समस्यामा पर्दा राष्ट्र बैंकलाई गाली गर्नु मुर्खता रहेको बताएका छन् । उनले भने, ”राष्ट्र बैंकलाई गाली गर्नु कुनै औचित्य छैन । जबसम्म हामीलाई ऐनले आधिकारिक रूपमा तोक्दैन त्यो बेलासम्म हामीले केही कदम चलाउन सक्दैनौँ ।’’

उनले सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रीय बैंकले नियमनको जिम्मेवारी नलिने बताए ।



प्रतिक्रिया दिनुहोस !