२२ मंसिर २०८२, सोमबार

एक्साइडको नँया विद्युतीय रिक्सा ब्याट्री, १५ महिना वारेन्टी

प्रकाशित मिति :  1 March, 2023 5:55 pm


काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी ब्याट्री भएको दाबी गरिएको छ ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष ‘अलोई’ प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीले जनाएको छ ।

यसैगरी, यिनीहरूमा ‘रगेड ट्युबलर पोजिटिभ प्लेट’ को विशेषता भएकाले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।



प्रतिक्रिया दिनुहोस !