२५ बैशाख २०८१, मंगलबार

कोरोनाले भारतमा २ सय ६६ को मृत्यु, संक्रमितको संख्या ७ हजार नाघ्यो

प्रकाशित मिति :  11 April, 2020 4:43 pm


काठमाण्डाैं, २९ चैत । 

भारतमा कोरोना भाइसरका कारण मृत्यु हनेको संख्या २ सय ६६ पुगेको छ । शनिबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २ सय ६६ पुगेसँगै संक्रमितको संख्या पनि ७ हजार नाघेको छ ।

भारतको महाराष्ट्र १ सय ११ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८ सय ७२ नयाँ संक्रमित भेटिएका छन् । यो महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ ।
तामिल नाडूमा ९ सय ६३ कोरोना भाइरस संक्रमित फेला परेका छन्। दिल्लीमा ९ सय ४१ जनामा कोरोना भाइरसबाट संक्रमित देखिएको छ जसमध्ये १३ को मृत्यु भएको छ भने २५ जना निरोगी भएर सामान्य अवस्थामा छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर अहिलेसम्म १६ लाख मानिस संक्रमित भएका छन् भने यसबाट मर्नेको संख्या १ लाख नाघेको छ ।



प्रतिक्रिया दिनुहोस !