२२ मंसिर २०८२, सोमबार

एनआईसी एसिया लघुवित्तकाे लाभांश घोषणा

प्रकाशित मिति :  7 March, 2023 12:21 pm


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

संस्थाको फागुन २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस !