आइपीओ निष्काशन गर्न अनुमति माग्दै भिजन लुम्बिनी उर्जा कम्पनी
प्रकाशित मिति : 13 March, 2023 2:47 pm
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३८ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ ।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुलाउनेछ। जसअनुसार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ ।








