१६ चैत्र २०८०, शुक्रबार

एनओजी काठमाडौँ च्याप्टर राइड सम्पन्न

प्रकाशित मिति :  20 March, 2023 11:57 am


काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल साेरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत चैत ४ गते शनिबार आयोजना भएको उक्त राइड नक्साल सोरुमबाट शुरु भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरूबिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको आयाेजकले जनाएकाे छ ।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !