२५ मंसिर २०८२, बिहिबार

नेप्सेमा सुपरमाई र माया खोला हाइड्रोको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

प्रकाशित मिति :  20 March, 2023 2:22 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा २ कम्पनीको साधारण सेयर (आईपीओ)सूचीकृत भएको छ । सोमबार आज सुपरमाई हाइड्रोपावर लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि सुपरमाई हाइड्रोपावर लिमिटेडको प्रतिसेयर न्युनतम १ सय ३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रूपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । त्यस्तै नेप्सेले कारोबारका लागि सुपरमाई हाइड्रोलाई कारोबार संकेत एसएमएच प्रदान गरेको छ ।

त्यस्तै नेप्सेले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ८८ रूपैयाँ ५३ पैसादेखि अधिकतम २ सय ६५ रूपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । त्यस्तै माया खोला हाइड्रोलाई नेप्सेले एमकेएससी कारोबार संकेत प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !