१३ बैशाख २०८१, बिहिबार

नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी चैत १० देखि १२ सम्म

प्रकाशित मिति :  20 March, 2023 5:15 pm


काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा लिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी यही चैत्र १० गतेदेखि १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् ।

नेपाल फाइभ पी नेपाल देशभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने अन्तराष्ट्रिय प्रदर्शनी आयाेजना गरेकाे आयोजकले जनाएको छ ।

उक्त प्रर्दशनीमा देश भरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ्, इन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

“सप्लायर्स र उत्पादकहरूको साझा मंच मात्र नभएर नेपाल फाइभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्राउने छ”, नेपाल फाइभ पी एक्स्पोका आयोजकले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !