१३ बैशाख २०८१, बिहिबार

महानगरले भाडामा लियो काठमाडौँ प्लाजा

प्रकाशित मिति :  23 March, 2023 11:53 am


काठमाडौँ । काठमाडौँ प्लाजा भवन काठमाडौँ महानगरपालिकालाई लिजमा दिने सम्झौता भएको छ ।

बुधबार यससम्बन्धी सम्झौतामा दुई कार्यालयबिच हस्ताक्षर भएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल ट्रष्टसँग महानगरले काठमाडौँ प्लाजा १० वर्ष भाडामा लिने सम्झौता भएको छ । छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न भाडामा लिएको महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !